Logo
११ वैशाख २०८१, मंगलबार

सौर्य एयरलाइन्स पुस १७ देखि पोखरामा दैनिक २ उडान गर्दै

अक्षरपाटी
२०७९ पुस ८ , शुक्रबार ०७:१२ मा प्रकाशित

काठमाडौं। निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले नयाँ वर्ष अर्थात २०२३ जनवरी १ देखि पोखराका लागि जेट इन्जिनयुक्त जहाजमार्फत उडान भर्ने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सले ५० सिट क्षमताको (सिआरजे २००) बम्बार्डियर जहाजमार्फत सेवा दिन लागेको हो। काठमाडौंबाट बिहान ७ः२५ र दिउँसो ३ः१० मा उडान भर्ने सौर्य एयरलाइन्सले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक दुई उडानका लागि स्वीकृति पाएको र आवश्यक तयारी पूरा भइसकेको सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए।

‘पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौ’, बजार व्यवस्थापक खनालले भने,’हाम्रा लागिमात्र नभई यो यात्रुका लागि समेत खुशीको कुरा हो।’

सुरुवातमा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ। यो मूल्य यात्रु चापअनुसार अन्य वायुसेवासरह हुँदै जाने खनालले बताए।

हाल सञ्चालनमा रहेको विमानस्थलमा जेट जहाज अवतरण गर्न नसक्ने भएकाले सौर्यले पोखरा उडान गरेको थिएन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा उद्घाटन गर्ने प्राधिकरणले तयारी गरेसँगै बिहीबार बु४ र यति एयरलाइन्सले प्रदर्शन उडान गरेका थिए। ती कम्पनीले पनि नियमित उडान गर्ने तयारी गरेका छन्।

सौर्य एयरलाइन्स