Logo
११ जेठ २०८३, सोमबार

शोभराजलाई आजै स्वदेश पठाइँदै

अक्षरपाटी
२०७९ पुस ८ , शुक्रबार ०५:१२ मा प्रकाशित

काठमाडौं, ८ पुस। सिरियल किलर चार्ल्स शोभराजलाई आजै स्वदेश पठाइने भएको छ।

उनलाई आजै साँझ कतार एयरवेजको विमानबाट फ्रान्स डिपोर्ट गरिने भएको हो।

सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराजलाई अहिले सुरक्षासहित अध्यागमन विभागमा राखिएको छ।

शोभराजले केही दिन नेपालमै बस्न चाहन्थे । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी गरिएको हो। साँझ ६ बजे कतार एयरवेजको विमानबाट उनी दोहा हुँदै पेरिस जानेछन्।

फइल तस्विर

ट्रेन्डिङ ( साप्ताहिक )