Logo
१४ वैशाख २०८१, शुक्रबार

राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको छ : प्रधानमन्त्री

अक्षरपाटी
२०७९ पुस २३ , शनिबार ०३:०१ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समितिको टोलीले भेट गरेको छ।

राससको सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे टोलीले जानकारी गराएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले रासस राज्यको समाचार समिति भएकाले यसको विकास र सुधारका लागि सरकार तयार रहेको बताए।

उनले भने, ‘राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको जानकारी पाएको छु, सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ।’

यसअघि अध्यक्ष झाले प्रधानमन्त्री दाहाललाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै राज्यको महत्वपूर्ण सञ्चारमाध्यम भएकाले सरकारको नीति निर्देशन अनुरुप अघि बढिरहेको बताए।

उनले भने, ‘राससको विकास र विस्तारका लागि सरकारबाट हुने जुनसुकै आवश्यक निर्देशन कार्यान्वयनमा हामी तयार छौँ।’

टोलीमा प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी थिए। देशको एकमात्र समाचार समितिको रुपमा राससले नेपाली, अङ्ग्रेजी, अन्तराष्ट्रिय, फोटो, श्रव्यदृश्य, श्रव्य सेवासहितका समाचार सामग्री छापा, प्रसारण र अनलाईनलागयतका आमसञ्चार माध्यमलाई प्रदान गरिरहेको छ।