Logo
१६ चैत्र २०८०, शुक्रबार

सुरजको शब्दमा एलिनाको ‘एक झल्को’

अक्षरपाटी
२०७९ पुस २५ , सोमबार ०८:०१ मा प्रकाशित

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुरज अधिकारी प्यारेको शब्द रहेको गीतमा नबिन कार्कीको संगीत छ। भिडियोले गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उन बिना बाँच्नै नसक्ने भाव ब्यक्त गर्छिन्।

सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको भिडियोमा गायिका एलिना चौहान नै फिचर छिन्।

उनले आफ्नो मायालु बिना एक पल पनि बाँच्न नसक्ने कुरा प्रस्तुत गरेकी छिन्।  यो गीत गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेका हुन्। जोसँग उनले पछि विबाह गरे। जुन गीत सुरजले प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन्।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका हुन् भने छायांकन जनक वलीले गरेका हुन्।