Logo
७ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री दाहाललाई सत्ता गठबन्धन बाहेकका दलले पनि विश्वासको मत दिने

अक्षरपाटी
२०७९ पुस २६ , मंगलबार ०९:०१ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिंदैछन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा उनी पुस १० गने प्रधानमन्त्री नियुक्त भएका थिए।

मिलीजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ।

प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले समेत प्रचण्डलाई विश्वासको मत दिने संकेत देखिएको छ। एकीकृत समाजवादीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएअनुसार कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।

विश्वासको मतका लागि सबै तयारी पूरा भइसकेको छ। प्रतिनिधि सभाको बैठक सोमबारदेखि नै सुरु भएको छ।

दाहाल विश्वासको मत