Logo
१४ वैशाख २०८१, शुक्रबार

धनकुटाको सिंधुवा बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार १०:०१ मा प्रकाशित

धनकुटा २९ पुस। शुक्रबार अबेर साँभ धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी भएको छ।

छथर जोरपाटी गाउँपालिकामा पर्ने सिँधुवा बजारमा साँझ ७ बजेबाट आगलागी भएको स्थानीय बासिन्दाले जनाएका छन्।

सो आगलागीमा काउली चोकमा रहेका पाँच घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगो निभाउन छिमेकी जिल्ला तेह्रथुमको लालिगुँरास नगरपालिकाको दमकल र छथर जोरपाटी गाउँपालिकाको डोजरको प्रयोग भएको स्थानीयले बताएका छन्।

अबेरसम्म आगो निभाउन नसकिएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तस्विर : सांकेतिक

आगलागी धनकुटा