Logo
१५ चैत्र २०८०, बिहीबार

धनकुटामा गएराति भएको आगलागीबाट ४९ लाख बराबरको क्षति

अक्षरपाटी
२०७९ पुस ३० , शनिबार ०९:०१ मा प्रकाशित

धनकुटा। हिजो साँझ ७ बजेबाट धनकुटाको सिंधुवा बजारमा भएको आगलागीबाट करिब ४९ लाख बराबरको क्षति भएको छ।

छथर जोरपाटी गाउँपालिकास्थितस्थिति बजारमा हिँजो साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सन्तबहादुर राईको घरमा रहेको ललिता राईको फ्रेस हाउसबाट आगो लाग्न सुरु भएको थियो। सोही आगो स्थानीय पाँचवटा घरमा फैलिएको थियो।

आगलागीबाट राईको घरसहित अन्य चारवटा पक्की घरको छनमा बनाइएका टिनका संरचना नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट पीडित परिवारको सुन, नगद, लत्ताकपडा, घरायसी सामान जलेलगायत करिब ४९ लाखको क्षति भएको हो।

धनकुटा