Logo
८ वैशाख २०८१, शनिबार

धनकुटा महोत्सवमा ठेलमठेल, १२ जना घाइते, महोत्सव स्थगित

अक्षरपाटी
२०७९ माघ १४ , शनिबार ०९:०१ मा प्रकाशित

धनकुटा, १४ माघ । धनकुटामा ६ माघदेखि जारी महोत्सवमा आज ठेलमठेल हुँदा १२ जनाभन्दा बढी मानिस घाइते भएका छन्।

महोत्स आयोजनास्थलमा गेटमा धकेलाधकेल भएपछि दर्शकहरु घाइते भएका हुन्। आज गायक प्रमोद खरेलको प्रस्तुती हेर्न आउनेको घइँचो आयोजकले व्यवस्थापन गर्न नसक्दा दुर्घटना भएको हो।

धकेलाधकेल र ठेलमठेलमा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान लगिएको धनकुटा प्रहरीले जनाएको छ। सांगीतिक प्रस्तुति र हाउजि बिंगो मेलाका लागि आउनेहरुको बाक्लो उपस्थितिलाई व्यवस्थित र सुरक्षित गर्न नसक्नुको परिणामा दर्शकहरु घाइते भएको स्थानीयले बताए।

६ गतेबाट धनकुटामा एभोकाडो तथा धनकुटा महोत्सव सुरु भएको हो। महोत्सव माघ १६ गतेसम्म चल्ने भए पनि घटनापछि स्थगित गरिएको आयोजक उद्योग वाणिज्य संघ धनकुटाले जनाएको थियो।

 

धनकुटा