Logo
२१ भदौ २०८२, शनिबार

यती एयरलाइन्सको जहाज दुर्घटनमा परेका ७० यात्रुको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

अक्षरपाटी
२०७९ माघ २ , सोमबार १०:०१ मा प्रकाशित

पोखरा २ माघ । आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ७० जनाको शव फेला परेको छ।

अझै दुई जनाको अवस्था अज्ञात रहेको उद्धार कार्यमा संलग्न सुरक्षा अधिकारीहरुले बताएका छन्।

आज अवेर साँझ थप १ जनाको शव सेती खोँचबाट निकालिएको हो।

अब दुई जनाको मात्रै अवस्था थाहा हुन सकेको छैन। उद्धारको कार्य भोलि बिहान पुनः सुरु हुने अधिकारीहरुले बताएका छन्।

विमानमा ५३ नेपाली, १५ विदेशी र ४ जना चालक दलका सदस्य सवार थिए। विमानस्थलभन्दा करिब दुई किलोमिटर टाढा विमान दुर्घटना परेको थियो।

हराइरहेका दुई जनाको ड्रोन क्यामेराको सहायताले मंगलबार खोजी जारी राखिने प्रहरीले जनाएको छ।

अहिलेसम्म ४१ शवको पहिचान भएको छ। बाँकी पहिचान हुन नसकेका र विदेशी नागरिकको शव मंगलबार बिहान काठमाडौ लगिने छ।

यती एयरलाइन्स