Logo
४ वैशाख २०८१, मंगलबार

सुदूरपश्चिममा माओवादीका भण्डारी तेस्रो प्रयासमा बने सभामुख

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार १२:०१ मा प्रकाशित

धनगढी ३ माघ। तेस्रो प्रयासमा सुदूरपश्चिम प्रदेशले सभामुख पाएको छ। सुदूरपश्चिम प्रदेशसभाले माओवादी केन्द्रका भीम भण्डारीलाई सभामुखमा चयन गरेको हो।

यसअघि दुईपटक निर्वाचन भए पनि कसैको पक्षमा बहुमत पुग्न सकेको थिएन। आज भएको मतदानमा भण्डारी २९ मतसहित उनी निर्वाचित भएका हुन्।

सभामुखका लागि प्रतिस्पर्धामा रहेका कांग्रेसका मानबहादुर रावलले २३ मत मात्रै पाएका छन्। ५३ सदस्यीय प्रदेशसभामा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ।

५२ जना सहभागी भएको निर्वाचनमा भण्डारीको पक्षमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सांसदले मत दिए।

सुदूरपश्चिम