Logo
८ वैशाख २०८१, शनिबार

स्थापना दिवसको अवसरमा लोटस क्याफेद्वारा दृष्टि फाउन्डेसनलाई खाद्यान्न र नगद सहयोग

अक्षरपाटी
२०७९ माघ ४ , बुधबार ०१:०१ मा प्रकाशित

धनगढी । धनगढीमा सञ्चालनमा रहेको लोटस क्याफेले आप्ःनो  ४ औँ स्थापना दिवसको अवसरमा आज दृष्टि फाउन्डेसनलाई खाद्यान्न र नगद सहयोग गरेको छ । क्याफे स्थापना दिवसकोे अवसरमा दृष्टि फाउन्डेसन लाई खाद्यान्न र नगद सहयोग गरेको हो ।

क्याफेको तर्फबाट फाउन्डेसनलाई चामल,तेल,दाल चिनी नुन, खाने पानी र नगद सहयोग गरेको र अगामी दिनमाहरुमा पनि सामाजिक काममा अग्रसर रहने क्याफेका संचालक खेमनाथ योगी बताउँछन ।

फाउन्डेशनले मानसिक सन्तुलन गुमाएका तथा अनाथ बालबालिका र महिलाहरुको हेरचाह गर्दै आएको छ ।