Logo
१६ असार २०८२, सोमबार

यती एयर दुर्घटना : ६० जनाको शव आफन्तलाई बुझाइयो

अक्षरपाटी
२०७९ माघ ९ , सोमबार ०७:०१ मा प्रकाशित

काठमाडौं। माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटना हुँदा मृत्यु भएकामध्ये ६० यात्रुको शव उनीहरुका परिवारलाई बुझाइएको छ।

दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको यती एयरलाइन्सले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

‘आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ’,  विज्ञप्तिमा भनिएको छ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी छ।

सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा छन्। हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ।