Logo
१४ वैशाख २०८१, शुक्रबार

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

अक्षरपाटी
२०७९ माघ ९ , सोमबार ०९:०१ मा प्रकाशित

काठमाडौँ । संसद सचिवालयले निवेदन प्राप्त गरेलगत्तै नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ।

सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्रदान गर्ने जानकारी दिएको छ।

कांग्रेसले संसद सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता माग गर्दै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाएको आलोचना चुलिएको थियो।

तर संसद् सचिवालयले पठाएको पत्रमा भने कांग्रेसलाई विपक्षी दलको सेवासुविधा उपलब्ध हुने उल्लेख छ।

पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए।

सरकारलाई विश्वासको मत दिएकाले कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार गुमाएको भन्दै सदन र सदन बाहिर चर्चा सुरु भएको थियो।

नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी