Logo
१३ माघ २०७९, शुक्रबार

प्रहरी प्रवक्तामा पोखरेल

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०९:०१ मा प्रकाशित

काठमाडौं १0 माघ। प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ।

महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई प्रवक्ता तोकिएको हो।