Logo
११ वैशाख २०८१, मंगलबार

‘कामिनो’ मा प्रदिप खड्का

अक्षरपाटी
२०७९ माघ ११ , बुधबार ०९:०१ मा प्रकाशित

काठमाडौं,११ माघ । चर्चित अभिनेता प्रदिप खड्का अब नयाँ फिल्म ‘कामिनो’ मा देखिने भएका छन्। दीपक ओलीको निर्देशनमा निर्माण हुृने ‘कामिनो’ को बुधबार सामाजिक संजालमार्फत थीम पोस्टर सार्वजनिक गरिएको छ।

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा क्रिएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन्।

अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता, निर्देशक लालायित हुने गरे पनि ‘प्रेम गीत–३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन्।

स्क्रिप्ट, टिम र क्यानभास मन परेकाले प्रदिप यो फिल्म गर्न राजी भएको बताइएको छ। प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो।

नेपाल र ल्याटिन अमेरिकाका विभिन्न स्थानमा छायांकन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन्।