Logo
८ वैशाख २०८१, शनिबार

सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि कार्यदल, सुध्रिएला त सार्वजनिक यातायात

अक्षरपाटी
२०७९ माघ १३ , शुक्रबार ०९:०१ मा प्रकाशित

काठमाडौं १३ माघ। कार्यान्वयनको अवस्था जे भए पनि निर्देशन दिने र कार्यदल वा छानविन समिछि बनाउने काममा भने कहिल्यै विलम्ब हुँदैन।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंका खाल्डाखुल्टी १५ दिनमा पुर्न निर्देशन दिएको समय माघ ३ मै सकियो तर कार्यान्वयनको अवस्था भने दयनीय छ।

यहीबेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।

मन्त्री श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन।

सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ।

कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा। पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य छन्।

कार्यदलमा यातायात व्यवसायी महासंघका प्रतिनिधिसमेत सदस्य रहेका छन् । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव रहेका छन्।

कार्यदलले काम नगर्ने होइन। प्रतिवेदन पनि दिन्छ। तर हरेक कार्यदलले दिएका सुझाव र सल्लाहहरु कार्यान्वयनको अवस्था भने दयनीय रहँदै आएको छ।

यातायात