Logo
१४ वैशाख २०८१, शुक्रबार

यातायात क्षेत्रमा चरम विकृति, स्वास्थ्य रिपोर्ट नै नक्कली

अक्षरपाटी
२०७९ पुस २० , बुधबार ०९:०१ मा प्रकाशित

काठमाडौं। यातायात कार्यालयको सेवा प्रवाहमा नराम्रोसँग बिचौलियाको चंगुलमा परेको छ।

प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको प्रभाव कम हुनुको साटो बढ्दै गएको छ।

काठमाडौं उपत्यकाका केही यातायात कार्यालयहरूमा मंगलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो।

मंगलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न दुई गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

सो कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनासिथत यातायात व्यवस्था कार्यालय तथा काठमाडौंको ठूलोभ¥याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो।

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितोरूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पु¥याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उनले बताए।

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसंगत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताए।

यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ।

यातायात