Logo
६ वैशाख २०८१, बिहीबार

गुल्मीमा भेटियो संकास्पद शव

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार १०:०१ मा प्रकाशित

गुल्मी १५ माघ। गुल्मीमा एक महिलाको संकास्पद शव फेला परेको छ।

गएराति मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घर भित्रै खुट्टा बाँधेको अवस्थामा भेटिएको हो।

उनको कसैले हत्या गरेको आसंका गरिएको छ। उनी अविवाहित रहेको र एक्लै बस्दै आएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।