Logo
१३ वैशाख २०८१, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाउने करिब निश्चित

अक्षरपाटी
२०७९ माघ २५ , बुधबार ०८:०२ मा प्रकाशित

धनगढी २४ माघ। सुदूरपश्चिममका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदैछन्।

आज ११ बजे बस्ते प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरिए पनि उनले विश्वासको मत पाउन मुस्किल बनेको छ।

यद्यपित मुख्यमन्त्री बनेको एक महिना भित्र विश्वासको मत लिइसक्नुपर्ने विधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी आज विश्वासको मत लिने कोसिसमा छन्।

पुस २७ मा सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा राजेन्द्रसिंह रावल सुदूरपश्चिमको मुख्यमन्त्री चुनिए। तर यसमध्यको नागरिक उन्मुक्ति पार्टीले भने विश्वसको मत नदिने भएको छ।

टिकापुर घटनामा दोषी ठहर भइ कारागारमा रहेका संरक्षक रेशम चौधरीलगायतका नेतालाई माघेसंक्रान्तिमा उपहारस्वरुप रिहा गर्ने सम्झौता कार्यान्वयत नभएकाले विश्वासको मत नदिने पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बताइसकेकी छन्।

उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका हुन्।

सुदूरपश्चिम