Logo
१२ वैशाख २०८१, बुधबार

सौर्य एयरलाइन्सको विमान धावनमार्गबाटै फिर्ता, मर्मतपछि पुनः उड्यो

अक्षरपाटी
२०७९ फागुन ९ , मंगलबार ०२:०२ मा प्रकाशित

काठमाडौं ९ फागुन। विराटनगरका लागि उडन लागेको सौर्य एयरलाइन्सको विमान धावनमार्गबाटै फर्काएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न विराटनगर जान लागेको सौर्यको एसएयु ७२१ नम्बरको विमान उडनका लागि धावनमार्गमा रहेका बेला प्राविधिक समस्या देखिएपछि धावनमार्गबाटै फर्काइएको थियो।

सौर्य एयरलाइन्सको जहाज आवश्यक मर्मतपछि यात्रु बोकेर पुनः विराटनगर उडेको छ।

धावनमार्ग नजिकै पुगेका बेला ‘इन्डिकेटर’ले विमानमा समस्या भएको संकेत गरेपछि पार्किङ वेमा फिर्ता ल्याइएको थियो।

इन्डिकेटरले देखाएको समस्या पहिचान गरेपछि विमान पुनः विराटनगर उडेको थियो। तर विमानमा के प्राविधिक समस्या देखिएको हो भन्ने कुरा विमान कम्पनीले खुलाएको छैन।

माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको निधन भएपछि हवाइ यात्रा गर्ने यात्रुहरु विमानमा देखिने सानोतिनो समस्याबाट पनि त्रसित हुने गरेका छन्।

सौर्य एयरलाइन्स