Logo
१६ जेठ २०८३, शनिबार

प्लेन्टिको नेपाल शाखा स्थापना

अक्षरपाटी
२०७९ फागुन १४ , आईतबार ०५:०२ मा प्रकाशित

फागुन १४ फागुन। जापानमा रोजगार सम्बन्धि सेवामा काम गर्दै आएको प्लेन्टिले नेपालमा समेत शाखा स्थापना गरेको छ।

जापानमा एक दशक भन्दा बढी समय बिताएका ज्ञानेन्द्र भट्टले प्लेन्टिको नेपाल शाखाको स्थापना गरेका हुन्। बानेश्वरको शंखमुलमा स्थापना भएको प्लेन्टिले रोजगारको रुपमा जापान जाने कामदारलाई आवश्यक परामर्श निशुल्क रुपमा उपलब्ध गराउनेछ।

प्लेन्टिको नेपाली शाखाका प्लेन्टि कम्पनी अध्यक्ष एवंम प्रमुख कार्यकारी अधिकृत रयोता अवाले उद्घाटन गरेका छन्। पछिल्लो समय रोजगारको शिलसिलाको जापान जाने नेपाल कामदारको संख्या बढ्दो क्रममा देखिएपछि आवश्यक परामर्शका लागि प्लेन्टि शाखाको स्थापना गरिएको नेपाल शाखा प्रमुख भट्टले बताए।

‘करिब १ लाख २० हजार नेपाली जापानमा रहेका छन्। आवश्यक परामर्श नभएका कारणले रोजगारीको बाहानामा ठगी हुने गरेको पाईएको छ। प्लेन्टिमार्फत जापानमा रोजगारी सम्बन्धि आवश्यक परामर्श काठमाडौंमा निशुल्क उपलब्ध गराउनेछौं’ भट्टले भने।