Logo
१४ वैशाख २०८१, शुक्रबार

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

अक्षरपाटी
२०७९ फागुन १६ , मंगलबार ०९:०२ मा प्रकाशित

नवलपुर १६ फागुन। नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

गएराति विनयी त्रिवेणी गाउँपालिका ४ देउराली–सर्दी भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १३ वर्षीय बालक बविन क्षेत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दक्षिणबाट उत्तरतर्फ जादैँ गरेको लु ४ त ३०४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।

सो दुर्घटनामा तीन जना घाइते भएको बालकको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दुई जनाको उपचार जारी छ।

दुर्घटना