Logo
२० असोज २०८३, मंगलबार

दयाहाङको मुटु भरिभराउ !

अक्षरपाटी
२०७९ फागुन २६ , शुक्रबार ०७:०३ मा प्रकाशित

काठमाडौं २६ फागुन । वर्षकै प्रतिक्षित फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलका गीत शुक्रबार सार्वजनीक गरिएको छ।

दयाहाङ राई र प्रकृति श्रेष्ठले अभिनय गरेको गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो।

अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ।

प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय छन्।

केही दिनअघि सार्वजनिक फिल्मको टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ।

दर्शकको वाहवाही बटुल्न सफल टिजरपछि ‘बिहे पास’ का निर्माता केही दिनमै ट्रेलर ल्याउने तयारीमा छन्।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन्।

शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन्। मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन्।

रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ वर्ष २०८० को उपहार स्वरुप पस्कन लागिएको दावी निर्देशकको छ।

 

ट्रेन्डिङ ( साप्ताहिक )