Logo
७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति बनेपछि पौडेल पार्टीबाट अलग

अक्षरपाटी
२०७९ फागुन २८ , आईतबार ०९:०३ मा प्रकाशित

काठमाडौं। राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन्।

फागुन २५ गते संघीय गणतन्त्र नेपालको राष्ट्रपति निर्वाचित भएपछि उनी पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग भएका हुन्।

उनले आइतबार दिएको राजीनामा सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागु हुने गरी स्वीकृत गरेका हुन्।

नेपाली कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा उनले पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गर्दै सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने र उनको कार्यकाल सदैब स्मरणीय रहने विश्वास समेत व्यक्त गरेका छन्।

नेपाली कांग्रेस रामचन्द्र पौडेल