काठमाडौं । तीन दिनमै सुनको मूल्य करिब ४ हजारले बढेको छ।
तीन दिनमा प्रति तोलामा सुनको मूल्य ३ हजार ९ सयले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन सुनको मूल्य तोलामा १६ सयले बढेको हो।
लगानीकर्ताहरुले बैंकमा रहेको निक्षेप झिकेर सुनमा लगानी गर्दा सुनको मूल्य अकासीएको हो। अमेरिकी बैंकमा देखिएको प्रभाव सुनको मूल्यमा परेको बताइएको छ।
आज छापावाल सुन प्रति तोला एक लाख ५ हजार ७ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय पुगको छ। चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेर १३ सय कायम भएको छ।