Logo
१६ चैत्र २०८०, शुक्रबार

महिलाले आफूलाई स्वस्थ र सुन्दर राख्न गर्नैपर्ने ११ काम

अक्षरपाटी
२०७९ चैत्र १ , बुधबार १२:०३ मा प्रकाशित

काठमाडौं। अहिलेको जमानामा महिलाले हरेक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका हुन्छन्। अझ भन्ने हो भने महिला पुरुषभन्दा पनि हरेक कुरामा अगाडि हुँदै गएका छन्।

त्यसैले हरेक क्षेत्रमा महिलाले पहिचान समेत बनाउँदै गएका छन्। भान्सादेखि अन्तरिक्षसम्म महिलाको सफता कम छैन । एक आमादेखि राष्ट्रप्रमुखसम्म महिला संसारभर अब्बल सावित भएका उदाहरण पनि छन्।

तर करिअर र जिम्मेवारीकाबीच महिलाले आफ्नो स्वास्थको भने ख्याल गर्नैपर्ने हुन्छ । महिलाले सँधै उर्जावान, स्वस्थ र तन्दुरुस्त हुन अपनाउनैपर्ने १० टिप्स यहाँ प्रस्तुत गरिएको छः

१ तनाव कम गर्ने
विज्ञहरुका अनुसार महिला तनाव धेरै लिन्छन् । जसको सिधा असर उनीहरुको स्वास्थ्यमा परिरहेको हुन्छ । करिअर र जिम्मेवारीका कारण तनाव लिनु सामान्य पनि हो। तर स्ट्रेस कुनै पनि समस्याको समाधान होइन भन्ने बुझ्न जरुरी छ। त्यसैले स्ट्रेस लिएर बस्नेभन्दा पनि समस्यालाई परिवारका सदस्यसँग सेयर गरेर त्यसको समाधान निकाल्नु बुद्धिमानी हुन्छ। तनावले बाँझोपन, डिप्रेसन, एन्जाइटीदेखि हृदय रोगको खतरा बढाउँछ। स्ट्रेस कम गर्न ध्यान र योग गर्न उपयुक्त हुन्छ।

२ अधिक पानी पिउने
स्वास्थ्य दुरुस्त राख्ने सबैभन्दा ठूलो आधार हो पानी। शरीरलाई हाइड्रेट राख्न जरुरी छ। किनकी शरीरको लगभग ६० प्रतिशत हिस्सा पानीले बनेको हुन्छ । जसको अर्थ हो हाम्रो शरीरको अंग र कोशिकालाई राम्ररी काम गर्नका लागि पर्याप्त पानीको आवश्यकता हुन्छ। त्यसैले पर्याप्त पानी पिउनु अत्यन्त जरुरी छ। अधिक पानी पिउनाले शरीरलाई अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ। यसले छाला स्वास्थ्य बनाउनुका साथै शरीरको बिकारलाई बाहिर निकाल्ने काम गर्छ। पानीले शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरल सजिलै आपूर्ति गर्छ।

३ कम्तिमा ७–८ घन्टा सुत्ने
शरीरलाई भोजनभन्दा बढी आवश्यक निद्राको हुन्छ। मिठो निद्राका तमामौँ फाइदा छन्। विज्ञहरुको भनाइअनुसार निद सम्पूर्ण स्वास्थ्यका लागि महत्पूर्ण हुन्छ। मिठो निद्राले मस्तिष्क र शरीर रिचार्ज हुन्छ। महिलाको हकमा घरको काम, बच्चाका रेखदेख, पढाइ, होमवर्क आदि कारणले अवेर रातिसम्म सुन्त पाउँदैनन्। विहान पनि चाँडै उठ्नुपर्ने हुन्छ। जसले निद्रा पुरा हुन पाउँदैन। विज्ञहरु भन्छन्, शरीर, मन र मस्तिष्क तन्दुरुस्त हुन कम्तिमा ७–८ घन्टा निदाउनैपर्छ।

४ हेल्दी खाना
ट्रेन्डी डाइट र जंक या फास्ट फुडले शरीरलाई धेरै हानी गरिरहेको हुन्छ। त्यसैले महिलामात्र होइन पुरुषले पनि प्राकृतिक खानेकुरा खानुपर्छ। ताजा फलफूल, सागसब्जी, ताजा अनाज, ब्राउन राइस, ओट्सजस्ता कुरा खानामा सामेल गर्नु स्वस्थ जीवनका लागि आवश्यक छ।

५ शरीरको भाषा सुन्नुस
राम्रो स्वास्थ्यका लागि आफ्नो शरीरको भाषा बुझ्न फाइदाजनक हुन्छ। यदि तपाईँको शरीरले निकैधेरै थाकेको संकेत गरिरहेको छ भने उसलाई न्युटे«सनको जरुरी छ। यति बुझ्दा बुझ्दै पनि शरीरलाई खाना, पानी नदिएर काममै लगाउने हो भने कुरा पक्का छ कि तातेको इन्जिले काम गर्दैन, त्यो चाँडै खराब हुन्छ। यसले महिलाको पाचनप्रणलीमा खराबी आउनुका साथै अनेक रोगको कारण बन्ने पक्का छ। त्यसैले शरीले संकेत गरेको भोक, प्यास र थकानको भाषा बुझ्न जरुरी छ।

६ हरेक दिन हिँड्नुस

स्वस्थ्य रहनका लागि तपाईँलाई घन्टौ जिमखानामा बिताउन आवश्यक छैन। त्यसको साँटो २० देखि ३० मिनेट मज्जाले हिँड्यो भने पनि निकै फाइदा हुन्छ। यदि समय छ भने त घरमै व्यायाम गरे पनि फाइदा हुन्छ।

७ भिटामिन र मिनरल भएको भोजन
पुरुषको तुलनामा महिलाको शरीरमा भिटामिन र मिनरलको कमी पाइने गरेको छ। त्यसैले सँधै भिटामिन र मिनरलयुक्त खानेकुरा खान जरुरी छ। जसले आउँदा दिनमा निम्तनसक्ने रोगबाट जोगाउँछ। क्याल्सियम, भिटामिन डी, आयरन, भिटामिन सी, बी १२, म्याग्निसियमयुक्त कानेकुरा अधिक खानु महिलाको स्वास्थ्य सुन्दरताका लागि आवश्यक हुन्छ।

८ फाइबरयुक्त खानाको अधिक प्रयोग
पाचनका लागि, स्किनको सुन्दरताका लागि र पेटको स्वास्थ्यका लागि फाइबरयुक्त खाना निकै जरुरी हुन्छ। त्यसैले खानामा फाइबरयुक्त अनाज र सागसब्जी खानु उपयुक्त हुन्छ।

९ नियमित चेकजाँच
महिलाले हरेक वर्ष डाक्टरलाई आफ्नो स्वास्थ्य जाँच गराउनु निकै वद्धिमानी हुन्छ। यदि तपाईँको उमेर २१ भन्दा माथि पुगेको हो भने हरेक ३ वर्षमा सर्वाइकल क्यान्सरको जाँच गराउनु वुद्धिमानी हुन्छ। यदि तपाईँको उमेर ३०–६५ वर्ष हो भने हरेक ५ वर्षमा पैप टेस्ट र एचपीवी टेस्ट गर्नु राम्रो मानिन्छ। यदि तपाईँ यौन जीवनमा सक्रिय हुनुहुन्छ भने यौन परीक्षणहरु पनि गराइरहनु राम्रो हुन्छ।

१० सँधै हसिलो रहनुस
सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि महिलाले सँधै हसमुख र खुशी हुनु स्वास्थ्य र सुन्दरताका लागि निकै जरुरी छ। चाहे बुहारी होस्, छोरी होस या सासू, जुनसुकै महिलाले पोजेटिभ र खुशी हुन जरुरी छ। महिला खुशी भइदिनाले परिवार नै खुशी र सन्तोषी बन्छ। जुनसुकै समस्या परीवारका सदस्यसँग भनेर समाधानको उपाय निकाल्नाले समस्या कम भएर जान्छन्।

११ सुखद यौन जीवन
महिलाका जिम्मेवारी अनेकन हुन्छन्। पछिल्लो समयमा महिला पुरुषभन्दा अझ बढी सक्रिय र महत्वपूर्ण जिम्मेवारीमा रहने हुँदा समय अभाव र तनावको अवस्था धेरै हुन्छ। तर शरीरलाई भोजनजस्तै यौन पनि आवश्यक तत्व हो। यौन शरीरको जैविक आवश्यकता पनि हो। त्यसैले यौन जीवनलाई सुखद रुपमा उपभोग गर्नसके शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन निकै सहायक हुन्छ।

स्वास्थ्य