Logo
८ वैशाख २०८१, शनिबार

राहदानी विवादमा रवि लामिछानेमाथि आरोप पुष्टि हुन नसक्ने निष्कर्ष

अक्षरपाटी
२०७९ चैत्र ३ , शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडौं । राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ ।

सभापति लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि हुन नसक्ने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकीलको कार्यालय काठमाडौंमा पेश गरेको हो।

प्रहरीले रवि अमेरिकाबाट नेपाल फर्किएपछि लिएको राहदानीमा पुरानै राहदानी नम्बर र विवरण उल्लेख भएकाले पुरानैको निरन्तरता भन्ने अर्थ लाग्ने निष्कर्ष निकालेको छ।

सर्वोच्चबाट फैसला हुनासाथ राहदानी विभागमा गएर उनले नेपाली राहदानी बुझाएकाले पनि पहिले बदनियतका साथ त्यसको प्रयोग भएको नदेखिएको निष्कर्ष प्रहरीको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंमा ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न उजुरी परेको थियो।

रवि लामिछाने