Logo
२२ वैशाख २०८१, शनिबार

होटेलमै छोडिएको अवस्थामा भेटिए दुई नाबालक भाइबहिनी

अक्षरपाटी
२०७९ चैत्र ५ , आईतबार १०:०३ मा प्रकाशित

धनगढी ५ चैत। कैलालीको अत्तरियास्थित एक होटेलमा दुई नाबालक भाइबहिनी छोडिएको अवस्थामा भेटिएका छन्।

अत्तरियाको रौला केदार होटेलमा छोडिएको अवस्थामा ६ वर्षकी बालिका र ४ वर्षका उनका भाइ अलपत्र छोडिएको अवस्थामा भेटिएका हुन्।

बझाङको खप्तड छान्ना घर बताउने ती बालिकाले आमाको नाम सरिता गिरी र बुवाको नाम गणेश गिरी भएको बताएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई शनिबार साँझ उद्धार गरेर अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखेको जनाएको छ।

आफूहरु आमासँग भारतबाट आएको र आमा कता गइन भन्ने थाहा नभएको उनीहरुले बताएको प्रहरीले जनाएको छ। परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

अत्तरिया