Logo
४ वैशाख २०८१, मंगलबार

उकालो यात्रामा सेयर बजार, कारोबार पनि बढ्यो

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०५:०३ मा प्रकाशित

काठमाडौं ६ चैत। लागातार ओरालो यात्रामा रहेको सेयर बजार सोमबार भने उकालो लागेको छ।

आज सेयर बजार १ दशमलव १८ प्रतिशतले बढेको हो। साताको दोस्रो दिन आज सेयर बजार परिसूचक नेप्से २२.६५ अंकले वृद्धि भएर १९४९.०६ अंकमा बन्द भएको हो।

दिनभर बजार परिसूचकमा उचारचढाव देखिए पनि अन्तिममा बढेर बन्द भएको हो।

सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि बढेको हो। व्यापार उपसूचक ४.६६ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि भएको छ।

आज कारोबार रकम पनि बढेको छ। आइतबार १ अर्ब ७ करोडमा सिमित भएको कारोबार आज २९ हजार २८२ वटा कारोबारमा ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८६ लाखको कारोबार भएको छ।

सेयर बजार