Logo
१५ चैत्र २०८२, आईतबार

कांग्रेसबाट यी ८ जना हुँदैछन् मन्त्री

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार ११:०३ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसले सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार ८ मन्त्री पाएको छ।

जसअनुसार नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनाउनेको नाम करिब टुंगो लगाएको छ।

कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाएको हो। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो।

खड्काले उपप्रधानसहित रक्षा मन्त्रीका रुपमा भोलि सफथ लिने बताइएको छ। त्यस्तै उपसभापति धनराज गुरुङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद सहरी विकास मन्त्री, प्रकाशशरण महत अर्थ मन्त्री, रमेश रिजाल परराष्ट्र मन्त्री, सिता गुरुङ भूमी व्यवस्था मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्रीका रुपमा भोलि सपथ लिने जनाइएको छ।

मन्त्रीका रुपमा उनीहरुलाई पार्टीका विभिन्न जिम्मेवारीमा बसेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत शुभकामना तथा बधाइ दिने क्रम सुरु भएको छ।

नेपाली कांग्रेस
यो पनि हेर्नुहोस् : गगनको विकल्प गगन नै किन ?