Logo
६ जेठ २०८१, आईतबार

चितवन २ मा उपनिर्वाचनको चहलपहल, उम्मेदवारी दर्ता गर्दै दलहरु

अक्षरपाटी
२०७९ चैत्र २० , सोमबार ०९:०४ मा प्रकाशित

चितवन। आसन्न उपचिर्वाचनका लागि चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचनको चहलपहल बढेको छ।

वैशाख १० मा हुने निर्वाचनका लागि आज ३ वटै क्षेत्रमा उम्मेदवारी दर्ताका लागि उम्मेदवार र कार्यकर्ताको चहलपहल बढेको छ।

चितवन २ मा उपनिर्वाचनका लागि दलहरुलाई उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तालिका तय गरेको छ।

निर्वाचन कार्यालयको तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म दलहरुले उम्मेदवारी दर्ता गर्ने छन्।

निर्वाचन कार्यालयका अनुसार सबैभन्दा पहिले राष्ट्रिय स्वतन्त्र पार्टी, त्इसपछि नेपाली कांग्रेस, लगत्तै नेकपा एमाले र अन्तिममा राप्रपाले उम्मेदवारी दर्ता गराउने छन्।

उपनिर्वाचनका लागि रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका चितवन सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ताको तयारी गरेका छन्।

उपनिर्वाचन