Logo
२५ वैशाख २०८१, मंगलबार

उपनिर्वाचनः आज अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह पनि आजै दिइने

अक्षरपाटी
२०७९ चैत्र २३ , बिहीबार ०९:०४ मा प्रकाशित

काठमाडौं। आसन्न उपनिर्वाचनका लागि मनोनयन दर्ता भएकाहरुको आज अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

वैशाख १० गते हुन लागेको निर्वाचनका लागि २१ चैतमा उम्मेदवारका बिरुद्ध परेको उजुरीमाथि मंगलबार छानबिन भएको थियो।

आज अन्तिम नामावली प्रकाशन गरेर आजै उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा हुन गइरहेको उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसअनुसार बारा–२ मा १२ वटा राजनीतिक दलका र २४ जना स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

लामिछानेविरुद्ध परेका ४ वटा उजुरी मध्ये तीन वटा उजुरीमा दावी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले  उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो।

तर, युवराज पौडेल ‘सफल’ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ, जुन उजुरीको जवाफ दिन लामिछानेलाई ७ दिनको समय दिइएको छ।

उपनिर्वाचन