Logo
८ पुस २०८१, सोमबार

नयाँ वर्षसँगै ग्लोबल आईएमई बैंकको सोचेजस्तै खाता

अक्षरपाटी
२०७९ चैत्र ३० , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं। ग्लोबल आईएमई बैंले नयाँ वर्ष २०८० सँगै आफ्ना ग्राहकका लागि नयाँ खाता संचालनमा ल्याएको छ।

बचत तथा मुद्दती दुवै खाताको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको हो।

नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा राखि सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुनसक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सोंचेजस्तै बैंक खाता खोल्ने ग्राहकले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रुपमा प्राप्त गर्नेछन्।

त्यस्तै लकर सुविधा लिँदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट दिइने छ।

ग्राहकहरुमा नियमित बचत गर्ने बानीको बसाल्नका लागि ग्राहकहरुलाई लक्षित गरी विभिन्न अवसमा बैंकले नयाँ योजना ल्याउने गरेको बैंकको भनाइ छ।