Logo
२२ वैशाख २०८३, मंगलबार

भट्टराईलाई भोट माग्न तनहुँ जाँदै शीर्ष नेता

अक्षरपाटी
२०८० वैशाख ६ , बुधबार ०८:०४ मा प्रकाशित

काठमाडौं। वैशाख १० गते सम्पन्न हुने निर्वाचनमा आफ्ना उम्मेदवारका पक्षमा माहोल बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेता आज तनहुँ जान लागेका छन्।

आज दिउँसो तनहुँ १ को डुम्रेबजारमा हुने चुनावी सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

तनहुँ १ बाट उपनिर्वाचनमा नेपाली कांग्रेसका गोविन्द भट्टराई चुनावी मैदानमा छन्। उनको पक्षमा भोट माग्न नेपाली कांग्रेसका सभापति आज तनहुँ जान लागेको देउवाको सचिवालयले जनाएको छ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताले तनहुँको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए।

ट्रेन्डिङ ( साप्ताहिक )