Logo
७ वैशाख २०८१, शुक्रबार

आज लोकतन्त्र दिवस, देउवाले दिए शुभकामना

अक्षरपाटी
२०८० वैशाख ११ , सोमबार ०६:०४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबैको अधिकार सुरक्षित हुने बताएका छन्।

लोकतन्त्र दिवसको शुभकामना दिँदै उनले लोकतन्त्रको रक्षार्थ सबै जना सजग र सचेत हुन पनि आग्रह गरेका छन्।

लोकतन्त्र विदसका अवसरमा सभापति देउवाले बीर योद्धाहरुको साहस, संकल्प र बलिदानको उच्च सम्मान गर्दै त्यसलाई कहिल्यै अमानित हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

उनले भनेका छन्, ुमुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरुप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु र उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।ु

उनले २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२÷०६३ मा नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलहरुद्वारा संचालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको स्मरण गरेका छन्।

यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएको पनि उनले बताएका छन्।

शेरबहादुर देउवा