Logo
१९ कात्तिक २०८२, बुधबार

सूर्यज्योतिको साधारणसभा जेठ ४ का लागि आह्वान

अक्षरपाटी
२०८० वैशाख १३ , बुधबार १०:०४ मा प्रकाशित

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले आगामी जेठ ४ गतेका लागि साधारणसभा आह्वान गरेको छ।

सञ्चालक समितिको सोमबार बसेको बैठकले विराटनगरमा बस्ने गरी १५औँ साधारणसभा बोलाएको हो।

सो सभाले संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन पनि सभाले गर्नेछ।

साबिक ज्योति लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्त्व अन्तर्गत गरेको खर्च पनि अनुमोदन गर्नेछ।

ट्रेन्डिङ ( साप्ताहिक )