Logo
१३ वैशाख २०८१, बिहीबार

वैज्ञानिक महाविर पुन प्रदर्शनीसहितको आन्दोलनमा

अक्षरपाटी
२०८० वैशाख १५ , शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट प्रदर्शनीसहितको आन्दोलनमा छन्।

आज देखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट उनी आन्दोलनमा उत्रेका हुन्।

माइतीघर मण्डलामा उनले आविश्कार गर्नेहरुलाई आफूले गरेको आविश्कारसहित प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका बताएका छन्।

२०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन्।