Logo
४ वैशाख २०८१, मंगलबार

हिजोदेखि अवरुद्ध गणेशखोला सडकखण्ड खुलाउन सेना सक्रिय

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार ०८:०५ मा प्रकाशित

धादिङ। हिजोदेखि अवरुद्ध धादिङको गणेशखोला सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

हिजो दिउँसो पहिरोका कारण गणेशखोलाको पुल अवरुद्ध भएपछि प्रहरी, सेना र स्थानीय मिलेर सडक पुनःसञ्चालनको प्रयास भइरहेको छ।

आज दिउँसो १२ बजेसम्म एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए।

१८ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा हजारौं सवारी साधान हिजोदेखि अलपत्र अवस्थामा छन ।

गल्छी–नुवाकोट काठमाडौं र हेटौडा हुदैँ बाहिरिन त्रिभुवन राजमार्ग गरी दुईवटा बैकल्पिक बाटोबाट सवारी साधानलाई काठमाडौं भित्राउने र बाहिरबाट अन्यत्र पठाउने कार्य भने जारी छ।

सडक विभागका कर्मचारी तथा धादिङस्थित सेनाको गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुङ्गा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।