Logo
४ जेठ २०८१, शुक्रबार

बेलायतका राजा चाल्र्सको राज्याभिषेक

अक्षरपाटी
२०८० वैशाख २३ , शनिबार ०३:०५ मा प्रकाशित

एजेन्सी। ७० वर्षपछि बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज हुँदै छ।

यसअघि सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्ष पश्चात् हुन लागेको यो समारोहलाई विश्व समुदायले चासोका साथ हेरेको छ।

राज्याभिषेक भएसँगै उनी बेलायत, क्यानडा, अस्ट्रेलियासहित १५ राष्ट्रमण्डल क्षेत्र अर्थात कमनवेल्थ रेल्म्सको राजा हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

कुनै बेला बेलायतको उपनिवेश बनेका र अहिले पनि बेलायतकै राजालाई राज्य प्रमुखको रूपमा मान्नेलाई राष्ट्रमण्डल क्षेत्र भनिन्छ। हाल राजा चार्ल्स १५ देशको राज्य प्रमुख हुन्।

७० वर्षपछि हुन लागेको राज्याभिषेक समारोह बेलायतस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा हुने समाचारमा उल्लेख छ।

उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन्। आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई श्रीपेच पहिर्‍याउने छन्।

राजा चार्ल्सले राजमुकुट पहिरिने सो समारोहमा राजपरिवार सदस्य, सेलिब्रेटीसहित विश्वभरबाट २ हजार ३ सयबढी पाहुना सहभागी हुने बताइएको छ।

समारोहमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउँदैछन्।