Logo
७ जेठ २०८१, सोमबार

एमाले सचिव रायमाझीको घरमा प्रहरीको छापा

अक्षरपाटी
२०८० वैशाख २६ , मंगलबार ०५:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धानका क्रममा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हानेको छ।

सांसद समेत रहेका पूर्वमन्त्री रायमाझीको खुमलटार हाइटस्थित घरमा पुगेर प्रहरीले खानतलासी गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीको नाम समेत मुछिएपछि प्रहरीले उनीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ।

पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीको एक कार्यक्रममा सहभागी रायमाझी सोही कार्यक्रमबाट सम्पर्कमा छैनन्। उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

त्यस्तै पूर्वगृहसतिव हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।

सो प्रकरणमा अन्य दलका केही उच्च नेताको समेत नाम चर्चामा आएको छ।