Logo
१५ वैशाख २०८१, शनिबार

कांग्रेसको शीर्ष बैठकमा खाँणलाई निलम्बन गर्ने/नगर्ने बारे छलफल

अक्षरपाटी
२०८० वैशाख २७ , बुधबार १०:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने वा नगर्ने विषयमा कांग्रेसमा छलफल भएको छ।

आज धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसको शीर्ष नेताहरुको आकस्मिक बैठकमा महामन्त्रीद्वाय गगन थापा र विश्वप्रकाश शर्माले निलम्बन गर्नुपर्ने बताए पछि यस विषयमा निर्णय भने हुन नसकेको एक नेताले बताए।

बैठकमा सहमति नजुटेपछि बिहीबार पुनः बैठक बसेर निर्णय गर्ने गरी आजको बैठक सकिएको हो।