काठमाडौं। बुद्ध एयरको भगिनी कम्पनीका रुपमा स्थापित आरजु राइस मिलले उत्पादन गरेको विभिन्न चामलको आजबाट बिक्रीवितरण आरम्भ गरिएको छ।
नेपालमा धान खेतीमा यान्त्रीकरण गरेर अत्याधुनिक प्रविधिबाट उत्पाद भएको चामल सीधै उपभोक्तालाई बेच्न उद्देश्य सहित आजबाट बिक्री प्रारम्भ गरिएको कम्पनीले जनाएको छ।
पछिल्लो १५ वर्षको अनुभवबाट कृषिमा एकीकृत लगानी गर्दै किसानलाई पनि उद्यमी बनाउने उद्देश्यले आरजु राइस मिल स्थापना गरिएको कम्पनीले जनाएको छ।
‘खाद्यसुरक्षा’का लागि किसान–निजीक्षेत्र तथा सरकारको सहकार्यहोस भन्ने उद्देश्यले कम्पनी स्थापना भएको बताइएको छ।
पूर्ण स्वचालित आरजु राइस मिलमा युरोपको प्रख्यात कम्पनी ‘भुल्लर’ का मेशिनहरु जडान गरिएका छन्।
सो अत्याधुनिक मिलबाट उत्पादित जीरा मसिनो, लङ ग्रेन तथा बासमती चामल सस्तो दरमा नेपाली बजारमा बिक्री वितरण सुरु गरिएको कम्पनीले जनाएको छ।