Logo
१० साउन २०८३, आईतबार

चलचित्र ‘हुक्का’को गीत सार्वजनकि

अक्षरपाटी
२०८० वैशाख ३१ , आईतबार १०:०५ मा प्रकाशित

काठमाडौं। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ।

गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ।

गीतमा फिल्मका केही संवादसहितका दृश्य राखिएको छ। गीतमा फिल्मकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ।

गीतमा फिचर्ड अन्य कलाकारहरु रमाइरहँदा प्रमिलालाई भने भावुक रुपमा देखाइएको छ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ।