Logo
३१ साउन २०८३, आईतबार

मुकेश राष्ट्रीय शहीद घोषणा

अक्षरपाटी
२०८० जेठ २ , मंगलबार ०७:०५ मा प्रकाशित

काठमाडौं । जिउँदो शहीदका रुपमा चिनिएका मुकेश कायस्थलाई सरकारले राष्ट्रिय शहीद घोषणा गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा लामो समयदेखि उपचाररत मुकेशको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो।

२०६२–६३ को जनआन्दोलनका क्रममा चैत २७ गते मुकेशको कञ्चटमा प्रहरीको गोली लागेको थियो। त्यसबेला उनी १४ वर्षका थिए।

१७ वर्ष ओछ्यानमै अवचेतन अवस्थामा बिताएका उनी जिउँदो शहीदका रुपमा चिनिएका थिए।