Logo
२७ वैशाख २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, अझै पूर्णता भने पाएन

अक्षरपाटी
२०८० जेठ ६ , शनिबार ०५:०५ मा प्रकाशित

धनगढी। सरकार गठन भएको सय दिनपछि सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

दोस्रोपटक सरकार विस्तार भएपनि अझै सरकारले पूर्णता भने पाउन सकेको छैन।

प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरु पृथ्वीबहादुर सिंह, रमेश धामी र झपट साउदलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराएका हुन् । मुख्यमन्त्री शाहले कांग्रेसबाट सिंह र माओवादी केन्द्रबाट धामी र साउदलाई मन्त्रीमा सिफारिस गरेका थिए।

सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माओवादी केन्द्रका धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र झपट साउदलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ।

माओवादी केन्द्रबाटै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सपथ लिएकी छन्।

नागरिक उन्मुक्तिका लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखिएको छ। उन्मुक्तिकै कारण दोस्रो पटक बिस्तार हुँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो।