Logo
७ वैशाख २०८१, शुक्रबार

कैलालीमा आजदेखि अन्तरपालिका टी २० क्रिकेट प्रतियोगिता

अक्षरपाटी
२०८० जेठ ७ , आईतबार ०९:०५ मा प्रकाशित

कैलाली । कैलालीको धनगढी र लम्की चुहामा कैलाली प्रिमियर लिग आजदेखि सुरु भएको छ।

कैलाली कञ्चनपुरका स्थानीय तहहरुको टीमले सहभागिता जनाएको कैलाली प्रिमियर लिग अन्तरपालिका टी २० क्रिकेट प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको धनगढीमा प्रदेश सभा सदस्य ललिता सुनारले उद्घाटन गरे।

प्रतियोगिता अन्तर्गत आज धनगढीमा भएको खेलमा धनगढी उपमहानगरपालिका विजयी भएको छ। धनगढीले पुर्नवास नगरपालिकालाई हराएको हो।

यस्तै लम्की चुहा नगरपालिकामा भएको खेलमा लम्की चुहा नगरपालिका विजयी भएको छ । लम्की चुहाले बर्दगोरिया गाउँपालिकालाई हराएको हो।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेताले एक लाख ५१ हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन्।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार नगद प्राप्त गर्नेछन्।