Logo
१६ जेठ २०८०, मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवेदन बुझाउने तयारी

अक्षरपाटी
२०८० जेठ ८ , सोमबार १०:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ।

प्रकरणमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन हिजै सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी थियो। तर थप उजुरी परेपछि आज प्रतिवेदन बुझाउने तयारी भएको प्रहरी अधिकारीले जनाएका छन्।

सो प्रकरणमा १६ जना प्रक्राउ परेका छन्, उजुरी भने अझै आउने क्रम जारी छ। आइतबार मात्रै पाँचवटा उजुरी परेका छन्। पक्राउ परेकामाथि अनुसन्धानसँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजुरी पनि आइरहेका छन्।

प्रहरीले ठगी र संगठित अपराधमा १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रहरीले आइतबार उनीहरुलाई शनिबारदेखि लागू हुनेगरी तीन दिन म्याथ थप गरेर हिरासतमा राखेको छ।

प्रकरणमा १०६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको उजुरी परेको छ।