Logo
१५ वैशाख २०८१, शनिबार

रिपोर्टिङका क्रममा पत्रकारलाई हतकडी लगाउने प्रहरीलाई विभागीय कारबाही

अक्षरपाटी
२०८० जेठ ९ , मंगलबार १२:०५ मा प्रकाशित

कञ्चनपुर। रिपोर्टिङका क्रममा पत्रकारलाई हतकडी लगाउने प्रहरीलाई विभागीय कारबाही गरिएको छ।

जेठ २ गते कञ्चनपुरको भीमदत्त नगरपालिकाको सुकासालमा रिपोर्टिङका क्रममा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरमाथि दुव्र्यवहार गर्दै हतकडी लगाउने तीन जना प्रहरी निरीक्षक र एक जना प्रहरी सहायक निरीक्षकलाई विभागीय कारबाही गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको हो।

उनीहरुलाई सचेत गराउँदै आगामी दिनमा यस्ता गल्ती नगर्ने प्रतिवद्धता गराइएको छ।

गत मंगलबार साँझ महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला पत्रकारले भिडियो खिचिरहेको अवस्थामा नाथ र कुँवरलाई नियन्त्रणमा लिएर हातपात गरिएको थियो।