Logo
१६ चैत्र २०८०, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहसँग आईजीपी कुँवरकै संकास्पद सम्बन्ध

अक्षरपाटी
२०८० जेठ १० , बुधबार ११:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्ष्क (आईजीपी) वसन्तबहादुर कुँवरकै भूमिका शंकास्पद देखिएको विषय बाहिरिएको छ।

शरणार्थी प्रकरणका नाइकेमध्ये एक केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको भाइबर म्यासेजमा हालका आईजीपी कुँवरबारे संवाद गरिएको विषय विभिन्न मिडियामा बाहिरिएको छ।

जसमा पाण्डेले गिरोहलाई कुँवरसँग जोडिदिएको देखिन्छ। भेटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहलाई सहयोग गरेको आसय देखिन्छ।

म्यासेजको विरण अनुसार शरणार्थी प्रकरणका आरोपी केशव दुलालले १० हसार २०७९ मा पाण्डेलाई म्यासेज लेखेका छन, ‘सर नमस्ते, डीआईजी वसन्द कुँवरसँग कुरा भयो हजुर?’

त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानु न’ भन्ने जवाफ फर्काएका छन्।

‘ओके हजुर’ भनेर सन्देश पठाएको केही समयपछि सचिव पाण्डेले फेरि अर्को म्यासेज पठाएर ‘पठाउनु, कुरा भएको छ’ भनेका छन्।

यही म्यासेमा ‘वसन्त सरलाई पनि फाइनान्सियल सपोर्ट हुन्छ’ भन्दा ‘हुन्छ हजुर’ भनेका छन्।

यसको ३ दिनपछि केही खबर नआएको भन्दै दुलालले कुँवरको नम्बर मागेका छन्। त्यसक्रममा अर्का आरोपी सानु भण्डारीलाई फोन गर्न लगाउने भनेका छन्।

त्यसपछि वसन्द साबलाई सानु भण्डारीले भेट्ने भन्दै उनले सन्देश पठाएका छन्। १३ असारमा दुलालले सानु भण्डारीले हालका आईजीपी कुँवरलाई भेटेको बताएका छन्।

हालका प्रहरी महानिरीक्षक कुँवर त्यसबेला प्रहरी वरिष्ठ उपरीक्ष्क (एसएसपी)का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको प्रमुख छँदा २०७९ जेठ १८ मा यो प्रकरणबारे पहिलोपटक उजुरी परेको थियो। तर

उजुरीमा गृहका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहितको जाहेरीपछि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पूर्जी लिएर पक्राउ परेका उनीहरुलाई कुँवरले नै गृहको दबाबमा केही घन्टामै छोडेको सूचना बाहिरिएको छ। तर कुँवरले भने आफूमाथि प्रतिशोधका लागि मुछिएको प्रतिक्रिया दिएका छन्।

गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो ।