Logo
१४ वैशाख २०८१, शुक्रबार

रुकुमपश्चिमको बाँफिकोट दुर्घटनाः सुत्केरीसहित पाँच जनाको मृत्यु

अक्षरपाटी
२०८० जेठ ११ , बिहीबार ०१:०५ मा प्रकाशित

रुकुम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ८ मा भएको जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।

आज बिहान भएको दुर्घटनामा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सानीभेरी गाउँपालिका ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो।

मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केही छन्।

यस्तै ५० पर्षका देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थमै मृत्यु भएको छ। दुर्घटनामा घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको छ। पाँच जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।